adv

मधेस प्रदेश कायम भएको खुलीयालीमा आज सार्वजनिक विदा

दमक, ४ माघ ।

मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधाम कायम भएको खुशीयालीमा सोमबार राति जनकपुरधाममा दीप प्रज्वलनमा सहभागी जसपा अध्यक्ष उपेन्द्र यादवलगायत । तस्वीर सौजन्य : आतिष मिश्रा ।

प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधाम कायम भएको खुशीयालीमा आज मंगलबार सार्वजनिक बिदा दिइएको छ ।

सोमबार प्रदेश सभाको बैठकमा भएको मतदानका क्रममा प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधाममा कायम हुनेगरी निर्णय भएको थियो । प्रदेशको नामाकरणको लागि भएको मतदानमा ९९ जनाले मतदान गरेका थिए । मधेस प्रदेशको पक्षमा ८० मत परेको थियो ।

अर्थमन्त्री एवम् मधेस प्रदेश सरकारका प्रवक्ता शैलेन्द्र प्रसाद साहले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।

सोमबार साँझ नै प्रदेशको नामाकरण मधेस प्रदेश कायम भएको खुशीयालीमा सत्तारुढ दल जनता समाजावदी पार्टी, नेपाल (जसपा)ले जनकपुरधारममा दीप प्रज्वलन गरेको थियो । सो कार्यक्रममा जसपा अध्यक्ष एवम् सङ्घीयताको आन्दोलनका पथप्रदर्शक उपेन्द्र यादव, संघ सरकारका मन्त्री रेणु यादव, प्रदेश सरकारका मन्त्रीहरु लगायत सहभागी थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु