adv

नेपालमा एकैदिन थप १० हजार २५८ जनामा कोरोना पुष्टि

काठमाडौं ,४ माघ । नेपालमा मंगलवार एकैदिन थप १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गराइएका २२ हजार ८२८ नमूनामध्ये सो संख्यामा संक्रमण देखिएको हो। यस्तै कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार थप ५६२ जना कोरोनामुक्त भएका छन्। हाल कोरोना सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ लाख १३ हजार १४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु