adv

बुधबार हालसम्मकै धेरै ११ हजार ३५२ जनामा कोरोना पुष्टि

झापा ,४ माघ । नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार १८ हजार ७८ पीसीआर परीक्षणमा ९ हजार ५०२ जना र ५ हजार ३३१ एन्टिजेन परीक्षणमा १ हजार ८५० मा संक्रमण देखिएको छ।

२४ घण्टामा जम्मा परीक्षण २३ हजार ४०९ रहेको छ ।
२४ घण्टामा ६१३ जना निको भएका छन् । त्यस्तै २४ घण्टामा ४ संक्रमितको मृत्यु भएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु