adv

सानो प्रयास युवा समाजद्वारा २० थान डस्विन वितरण

दमक सानो प्रयास युवा समाजले दमक नगर भित्रका विभिन्न स्थानमा २० थान डस्विन वितरण गरेको दमकका घर घरमा उत्पादनहुने फोहोर व्यवस्थापनमा सहयोग पुर्याउने उदेस्यले आज शनिबार डस्टविन वितरण गरिएको समाजका अध्यक्ष सुरज श्रेष्ठले बताए

समाजका अध्यक्ष सुरज श्रेष्ठको अध्यक्षतामा तथा दमक वडा नम्बर का वडाध्यक्ष इन्द्र गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम गरि दमक स्थित भृकुटी चोकमा डस्टविन राख्ने कार्यक्रमको औपचारिक शुरुवात गरिएको हो

आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष गुरुङले संस्थाले फोहोर व्यवस्थापनको क्षेत्रमा गरेको सहयोगप्रति धन्यवादव्यक्त गरे उनले भने– ‘जनचेतना जगाउने कार्यमा संघ संस्थाको भूमिका महत्वपूर्ण हुन्छ,  टोलवासीले बाडिएको डस्टविनको उचितसदुपयोग गर्नुहोस्

कार्यक्रममा जिवन चक्र समाज नेपालका अध्यक्ष गणेश गौतम हेप्पी नेपालका महासचिव सुरेन्द्र श्रेष्ठले पनि सामाजिक चेतना फोहोरव्यवस्थापनका बिषयमा आफनो विचार राखेका थिए

सो संस्थाले दमकका विभिन्न स्थानमा त्यस किसिमका २० वटा डस्टविन राखेर जनचेतना जगाउन सन्देश छोडने बताइएको सानोप्रयास युवा समाजले कोरोना महामारीका समयमा अस्पतालका बिरामी कुरुवालाई बसेकै ठाउँमा भोजनको व्यवस्था गरेको थियो

विभिन्न समयमा सो संस्थाले युवाहरुलाई सामाजिक क्रियाकलापमा सहभागी गराउँदै आएको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु