काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १४ हजार ४६२ पिसिआर परीक्षणका क्रममा ८ हजार २१२ जना र ५ हजार ७२५ एन्टिजेन परीक्षणका क्रममा २ हजार४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६५१ जनाको ज्यान गएको छ।
शनिबार थप ७ सय ८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख २० हजार २८३ जना निको भएका छन् ।