adv

समाधिस्थललाई सौन्दर्यकरण गर्न सरसफाई कार्यक्रम

झापा, ०८ माघ झापाको कमल गाउँपालिका स्थित आदिवसी जनजाति समुदाय समाधिस्थल परिसरमा सरसफाई गरिएको

समाधि स्थल व्यवस्थापन समितिको आयोजनामा साथै आदिवासी रंगशाला स्मृति प्रतिष्ठान, लखनपुर लायन्स क्लव लगायतको संघसंस्थाहरुको सहभागितामा सरसफाई गरिएको हो

प्रकृति पुजक आदिवासी जनजातिहरु मानसको मृत्युपश्चात प्रकृतिमा नै पठाउने चलन रहेको जसलाई व्यवस्थित गर्न समाधिस्थलव्यवस्थापन समिति गठन गरिएको

समाधिस्थलका समस्याहरू न्यूनीकरणका लागि स्थानीय सरकारको समेत ध्यानाकर्षण गराउदै समाधिस्थललाई व्यवस्थित गर्न सबैपक्षबाट साथ सहयोग सल्लाहको अपेक्षा सहित समिति एउटा माध्यम बनेर काम सरु गरेको समितिका संयोजक धिरेन्द्र सम्बाहाम्फेलेबताए

समाधि स्थललाई व्यवस्थित गर्दै, कन्क्रीट संरचनाहरूलाई निरुत्साहित गर्दै हेड इस्टोन मात्र बनाउने प्रोत्साहान गर्ने समितिका सचिवदेवेन्द्रराज आङदेम्बेले बताए उनले भने – ‘अब समाधिस्थलमा मलामी विश्राम स्थल, शौचालय, खानेपानीको व्यवस्था गर्ने समाधीस्थल क्षेत्रलाई सौन्दर्यकरण गर्दै स्मृति उड्डयनको रुपमा विकसित गर्न सरसफाइ मार्फत आफ्नो यात्रा सुरु गरेका छौ

सरसफाइ अभियानमा समाधि स्थल व्यवस्थापन समितिसँगै  पहिलो पाइला नेपाल दमक शाखा पनि रहेको शाखाका अध्यक्ष दिपकखड्काले बताए

समाधि स्थललाई पहिचान, परम्परागत, वातावरण मैत्री पर्यटन क्षेत्रको रूपमा विकास गर्नका लागि व्यवस्थापन समितिले अनुरोध बोर्डसमेत राखेको |

सरसफाई कार्यक्रममा समाधिस्थल व्यवस्थापन समिति संयोजक धिरेन्द्र सम्वाहाम्फे, सचिव देवेन्द्रराज आङ्देम्बे, आदिवासी रङ्गशालातथा स्मृति प्रतिष्ठानका अध्यक्ष हुकुम सिह राई, प्रतिष्ठानकम महासचिव दिपेनवाला राई, नेपाली काँग्रेस वडा नम्बर सभापति रोशनदाहाल, कमल वडा सदस्य गीता गजुरेल, हल्दिबारीका सरसफाई अभियन्ता अभिषेक खतिवडा, दमक लखनपुर लायन्स क्लबकाप्रतिनिधिहरु, विभिन्न राजनीति दल विभिन्न संघ संस्थाका प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु