दमक, १८ माघ ।
मरिससविरूद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पुनः विजयी भएको छ ।
मंगलबार साँझ दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल १–० गोल अन्तरले विजयी भएको हो । खेलको दशौं मिनेटमा नेपालका लागि सुजल श्रेष्ठले गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।
मरिससले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा मैत्रीपूर्ण खेलको दोस्रो म्याचमा पनि हार व्यहोर्नुपर्यो । मरिससका कप्तान एन्डी सोफीको पेनाल्टी किक गोलकिपर किरणकुमार लिम्बूले रोकेका थिए ।
खेलमा नेपाल १० खेलाडी र मरिसस ९ खेलाडीमा सीमित भएका थिए ।
यसअघि शनिबार भएको पहिलो खेलमा पनि नेपाल १–० ले नै विजयी भएको थियो ।