adv

स्थानीय तह निर्वाचनमा १२ अर्ब खर्च हुने अनुमान

जेठ ४ मा निर्वाचन गर्ने तयारी

काठमाडौं, १८ माघ ।

राजधानीको बहादुर भवनस्थित निर्वाचन आयोजनको कार्यालय ।

आउँदो जेठमा सम्पन्न गर्ने भनिएको स्थानीय तह निर्वाचनका लागि १२ अर्ब खर्च हुने भएको छ ।

निर्वाचन आयोगका अनुसार जेठ महिनामा सम्पन्न गर्ने गरी तयारी थालिएको स्थानीय तह निर्वाचनमा करिब १२ अर्ब रूपैयाँ खर्च हुने छ ।

आयोजनका पदाधिकारीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग सो विषयमा परामर्श गर्दै करिब १२ अर्ब खर्च हुने विवरण पेश गरेको हो ।

गत २०७४ सालमा तीन चरणमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा ८ अर्ब बढी खर्च भएको थियो । आयोगका अनुसार दुई वा सो भन्दा बढी चरणमा निर्वाचन गर्नुपर्ने स्थिति आएमा भने व्ययभार १२ अर्ब भन्दा बढी हुनेछ ।

तर प्रधानमन्त्री देउवा र आयोगका पदाधिकारीहरूबीच भएको छलफलमा एकै चरणमा जेठ ४ गते स्थानीय तह निर्वाचन गर्ने समझदारी बनेको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ ।

स्थानीय तह निर्वाचनको आधिकारिक मिति सरकारले चाँडै मन्त्रिपरिषद् बैठकबाट घोषणा गर्ने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु