adv

त्रिविले फागुन १ गतेदेखि परीक्षा सञ्चालन गर्ने

दमक, १९ माघ ।

त्रिभुवन विश्वविद्यालय ।

कोरोनाका कारण स्थगित परीक्षा आउँदो फागुन १ गतेबाट सञ्चालन गर्ने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सूचना प्रकाशित गरेर .कोरोनाका कारण स्थगित परीक्षा सञ्चालनका लागि परीक्षा तालिका प्रकाशित गरेको हो ।

परीक्षा तालिकामा जनाइए अनुसार विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ चार वर्षे वीएससी चौथो वर्षको नियमित तथा आंशिक परीक्षा फागुन १ बाट सञ्चालन हुनेछन् ।

त्यस्तै वार्षिक परीक्षा प्रणालीअनुसार ३ वर्षे एलएलबी तेस्रो वर्ष नियमित परीक्षा पनि फागुन १ देखि सुरू हुने छ ।

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्रिविले माघ मसान्तसम्म परीक्षा तथा भौतिक रूपमा कक्षा सञ्चालन कार्य रोकेको थियो । माघ ११ देखि अनलाइनबाट कक्षा सञ्चालन गरिएका थिए ।

विभिन्न संकायका परीक्षा तालिका र परीक्षा केन्द्रहरू बारे कार्यालयले आफ्नो वेबसाइटमा सूचना राखेको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु