adv

फागुन ६ गतेदेखि सिटिइभीटीका परीक्षा हुँदै

दमक, १९ माघ ।

सिटीइभीटीको कार्यालय ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले कोरोना भाइरसको संक्रमणका कारण स्थगित गरेको परीक्षा आगामी फागुन ६ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

परिषद् परीक्षा नियन्त्रण कार्यालयले दिएको जानकारी अनुसार फागुन ६ गतेदेखि आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजीस्तरमा सञ्चालित शिक्षण संस्थाहरुका प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफीलगायत कार्यक्रमहरुको प्रथम वर्ष दोस्रो खण्डका र तेस्रो वर्षको नियमित तथा आंशिकको परीक्षा फागुन ६ गतेदेखि हुने छन् ।

कार्यालयले डिप्लोमा इन इन्जिनियरिङका कार्यक्रमहरु, होटल म्यानेजमेन्ट, फुड एन्ड डेरी टेक्नोलोजी, सोसियल वर्कस् लगायतका कार्यक्रमहरु प्रथम वर्ष दोस्रो खण्डका नियमित र आंशिक परीक्षाहरु फागुन ६ गते बिहान ७ बजेदेखि हुने जनाएको हो ।

विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम लोपोन्मुख जाति तथा भूकम्प प्रभावित) अन्तर्गतको परीक्षा भने फागुन ८ गतेदेखि सञ्चालन हुने सिटीइभीटीले जनाएको छ ।

नेपाल सरकारले तोकेको स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गरेर परीक्षा सम्पन्न गरिने परिषद्ले जनाएको छ ।

यसअघि माघ १५ गते बायोमेडिकलतर्फको प्रवेश परीक्षा, २२ गते प्रि–डिप्लोमा तहको मौका परीक्षा र २७ गतेदेखि वार्षिक प्रणाली र सेमेष्टर प्रणालीतर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका कार्यक्रमको नियमित तथा पूरक परीक्षा मिति तोकिए पनि कोरोना संक्रमण बढ्न थालेपछि रोकिएको थियो ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु