adv

नेपालमा आइतबार १ हजार ३६८ जनामा कोरोना पुष्टि,११ जनाको मृत्यु

काठमाडौँ ,२३ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ।

यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८१४ पुगेको छ।

आइतबार ८ हजार ७०४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल देशभर ४५ हजार २४८ जना सक्रिय संक्रमित रहेका छन्।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु