adv

नेपालमा थप १ हजार ९५७ जनामा कोरोना पुष्टि

झापा,२५ माघ । नेपालमा आज मंगलबार  थप १ हजार ९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको छ।

मंगलबार ५ हजार १०३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ३६ हजार १८१ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ८ हजार ५८७ पीसीआर तथा ४ हजार १०५ एन्टिजेन परीक्षण भएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु