adv

झापामा सडक दुर्घटनामा परि दुई जनाको मृत्यु

झापा ,२५ माघ । झापाको बिर्तामोडलगायत स्थानमा भएका सडक दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।

झापाको बिर्तामोड–६ बुट्टाबारीमा बुधबार भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे १ ज १९१८ नम्बर म्याजिक भ्यानले प्रदेश–१–०१–०१३ प ७३२६ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अर्जुनधारा– ११ का ५४ वर्षीय दिलीप राजवंशी र पछाडि सवार बिर्तामोड–४ का ४९ वर्षीय कृष्ण राजवंशी घाइते भएका थिए ।

गम्भीर घाइते भएका मोटर साइकल चालक दिलीपको उपचारको क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै झापाको शिवसताक्षीमा ट्रकले किचेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–१ की ५३ वर्षीया हिमादेवी दाहाल रहेको प्रहरीले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु