
नवगठित पूर्व विद्यार्थी समाज’का अध्यक्ष रविचन्द्र नेपाल
मेचीनगर,२७ माघ। झापाको मेचीनगर ४ स्थित पशुपति मा बि मा अध्ययन गरेका पूर्व विद्याथीहरुको भेलाले ‘ पशुपति मा वि पूर्व विद्यार्थी समाज’ गठन गरेको छ ।
पशुपति माविको शैक्षिक उन्नति र श्रीवृद्धिका लागि सहयोग पुर्याउँदै रचनात्मक क्रियाकलाप गर्ने उद्येश्यका साथ रविचन्द्र नेपालको अध्यक्षतामा पशुपति मा वि पूर्व विद्यार्थी समाज गठन गरेको हो ।
शैक्षिक गुणस्तर सुधार निर्देशिका २०७६ अनुसार गठन गरिएको समाजको अध्यक्षमा छानिएका नेपाल मेची उद्योग वाणिज्य संघका सचिव हुन् । विद्यालयको शैक्षिक गुणस्तर बढाउने प्रदेश सरकारको अवधारणा अनुसार पूर्व विद्यार्थीलाई सङ्गठित गर्न थालिएको विद्यालय प्रशासनले जनाएको छ ।
नव गठित समितिको उपाध्यक्षमा नरेन्द्र भट्टराई, सचिवमा समीर राई,सहसचिव नित्यान्द चम्लागाईं र कोषाध्यक्षमा सीमा आचार्य रहेका छन् ।
त्यस्तै सदस्यहरुमा स्वस्तिका आचार्य,केवल निरौला,शिशिर चम्लागाईं ,पवन बराइली,र विन्दु तिवारी रहेका छन् ।
नव गठित समाजले पशुपति मा वि मा अध्ययन गरेका सबै पूर्व विद्याथीहरुलाई सहभागिता गराएर पशुपति मा विलाई रचनात्मक तथा सृजनात्मक सहयोग गर्दै विद्यालयको भौतिक विकास तथा विद्यार्थीहरुको शैक्षिक स्तरन्नोतिसहित अक्षयकोष स्थापना गरिने बताएको छ ।
विद्यालय तहमा पूर्व विद्यार्थीलाई सक्रिय बनाउने प्रदेश सरकारको योजना अनुसार समाजको गठन भएको भन्दै विद्यालयका प्रधानाध्यापक लक्षमण प्रधानले यसका लागि सबै पूर्व विद्यार्थीबाट रचनात्मक सहयोग प्राप्त हुने आशा व्यक्त गरे ।


हाम्रो समाचार सम्प्रेषण तथा सेवामुखी पत्रकारिता प्रति आभार व्यक्त गर्दछु ।उत्तरोत्तर प्रगतिको कामना राख्दछु।