adv

मेचीनगरको मगमग चाउचाउ कारखानामा भीषण आगलागी

मेचीनगर, २९ माघ । मेचीनगरको मगमग चाउचाउ कारखानामा भीषण आगलागी भएको छ ।

मेचीनगर नगरपालिका वडा नं :१४ दुहागढीमा रहेको सो कारखानामा आज विहान ५ बजेदेखि आगलागी भइरहेको छ ।

आगलागी निभाउनका लागि झापा, मोरङ, इलाम र सुनसरी जिल्लाका १२ वटा दमकल प्रयोग भइरहेको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले जानकारी दिए ।

आगलागीको थप विवरण आउन बाँकी छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु