ढाका बुनाइ तालिममा सहभागी
अविना राई, माङसेबूङ ,२९ माघ । इलामको माङसेबूङमा ३५ दिने ढाका बुनाइ तालिम सम्पन्न भएको छ।माङसेबूङ गाउपालिका वडा नं ६ को सहयोग र पिरामिड टेक्निकल इन्स्टिच्युट इलामको सहयोगमा सन्चालित तालिम शुक्रबार सम्पन्न भएको हो ।
गरिबी निवारणका लागि लघूउधम अन्तर्गतको ढाका बुनाइ तालिममा पुस २५ देखि माघ २९ सम्म सञ्चालन भएको तालिममा १२ जना सहभागी भएको पिरामिड टेक्निकल इन्स्टिच्युटका संयोजक सूमन दियालीले बताए ।
तालिम समापन कार्यक्रममा वडा न ६ का वडा सदस्य मनीषा राईले प्रशिक्षार्थीहरूलाई शूभकामना दिदै कूनै पनि सीप र तालिम लिई सके पछि ब्यबहारमा उतार्नु पर्ने बताईन् ।