आमाको हत्या आरोपी गंगाप्रसाद भण्डारी
मोरङ । मोरङको उर्लाबारी नगरपालिकामा मानसिक समस्याग्रस्त एक युवाले आमाको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी ४ का ३५ वर्षीय गंगाप्रसाद भण्डारीले आइतबार चिर्पट प्रहार गरी ७० वर्षीया आमा चन्द्रमायाको हत्या गरेका हुन्। चिर्पट प्रहारबाट घाइते आमाको उपचारको क्रममा मृत्यु भएको हो।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले आइतबार अपरान्ह गंगाले चिर्पट प्रहार गर्दा घाइते भएकी चन्द्रमायालाई तत्काल उपचारको लागि स्थानीय मंगलबारे अस्पताल पुर्याइएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गंगाप्रसादमा मानसिक समस्या देखिएको छ। पारिवारिक समस्या र विवादमा गंगाले आमालाई चिर्पटले प्रहार गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए।
गंगालाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको छ। गंगाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रवक्ता श्रेष्ठले बताए। देशसञ्चारबाट