झापा,४ फागुन । मच्छिन्द्र फुटबल क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको बिजेता बनेको छ । सातदोबाटो युथ क्लबलाई हराउँदै मच्छिन्द्र फुटबल क्लब दुई खेलअघि नै लिगको बिजेता बनेको हो।
आज बुधबार दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले सातदोबाटोलाई १-० गोलले हरायो । उसका लागि ५३ औँ मिनेटमा नोर्लानले गोल गरे । मच्छिन्द्रका खेलाडीले आजको गोल घाइते भएका मनिष डाँगीको नाममा समर्पण गरेका छन् ।
अघिल्लो संस्करणको ए डिभिजन लिगको उपाधि पनि मच्छिन्द्रले नै जितेको थियो । लिग विजेता मच्छिन्द्रको २९ अंक भएको छ । पराजित भएको सातदोबाटोको ११ खेलमा १५ अङ्क रहेको छ ।