पक्राउ परेका प्य्राङ्कस्टर आकाश सेढाईं
बिर्तामोड । झापाका एक जना प्य्राङ्कस्टर पक्राउ परेका छन्। झापा बिर्तामोड स्थायी घर भएका आकाश सेढाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।
सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टा वा मस्करी गरी सर्वसाधारण व्यक्तिहरुलाई शारीरिक तथा मानसिकरुपमा हैरानी गरेका आरोपमा नेपाल प्रयाङ्कसर्टस नामक युट्युब च्यानका संचालक २७ वर्षीय आकाश सेडाईलाई पक्राउ गरेको नेपाल प्रहरीले विज्ञप्ती मार्फत जनाएको छ।
झापा विर्तामोड नगरपालिका ४ आर्दशटोल घर भएका सेडाईलाई भक्तपुर जिल्लाको कौशलटारबाट काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई बुधबार पक्राउ गरी अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।