नेपाली क्रिकेट टोली
काठमाडौँ ,६ फागुन । आईसीसी पुरुष टी २० विश्वकप ग्लोबल छनोट अन्र्तगत आज भएको खेलमा नेपाल विजयी भएको छ।
नेपालले आमोनलाई ३९ रनले हराउँदै जित हात पारेको हो। ओमानलाई नेपालले १७ ओभरमा अलआउट गरेको हो।
घरेलु टोली ओमानलाई नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १७ रन जोडेको थियो। जवाफी ब्याटिङमा उत्रेको ओमानले १७ ओभरमा ७८ रनमा समेटिएको थियो।
ओमानलाई सस्तैमा समेट्नका लागि नेपालका लागि सर्वाधिक कमल एरीले ३ विकेट, दिपेन्द्रसिंह एरी र सन्दिप लामिछानेले समान २/२ विकेट लिए।
यस्तै नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन जोडेका थिए भने कप्तान सन्दीप लामिछानेले १६ रन जोडे। लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्र सिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमल सिंह ऐरीले १ रन बनाए ।
ओमानका लागि खवार अलीले सर्वाधिक ३ विकेट लिए।