झापा ,६ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९१३ पुगेको छ।
शुक्रबार २ हजार ४५४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १४ हजार ४३५ जना सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा ५ हजार १३३ पीसीआर तथा ३ हजार ९५८ एन्टिजेन परीक्षण भएको छ।