adv

स्थानीय निर्वाचन लगत्तै प्रदेश र प्रतिनिधि सभा निर्वाचन : प्रधानमन्त्री देउवा

दमक, ७ फागुन ।


प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश सभा र सप्रतिनिधि सभाको निर्वाचन गर्ने प्रतिवद्धता जनाएका छन् ।

शनिबार ७२औं प्रजातन्त्र दिवसको अवसरमा राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्ने क्रमम प्रधानमन्त्री देउवाले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

स्थानीय तहको निर्वाचन तोकिएको समयमै सम्पन्न गर्ने र त्यस लगत्तै सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको तयारी थाल्ने देउवाको भनाइ छ । तीनै तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरिने भन्दै उनले जननिर्वाचित प्रतिनिधिहरुबाट मुलुकको शासन व्यवस्था संचालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जानुपर्नेमा जोड दिए ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण कार्यमा सरकारले उल्लेखनीय सफलता हासिल गरेको प्रधानमन्त्री देउवाले दावी गरेका छन् । महामारी नियन्त्रण, खोप उपलब्ध गराउने कार्य, स्वास्थ्य उपचार, पूर्वाधार सेवाहरुको विस्तार र सुदृढिकरण जस्ता कार्ययमा सरकार सफल भएको उनको जिकिर थियो ।

देउवाले भने –‘कोभिड १९ को प्रकोपलाई नियन्त्रण गर्ने सन्दर्भमा सरकारले देशभर खोप लगाउने अभियानलाई तीव्रता दिएको छ। र, यस कार्यमा उल्लेखनीय सफलता पनि हासिल भएको छ । सरकारले स्वास्थ्य पूर्वाधार सेवाहरुको विस्तार तथा सुदृढिकरण गरी महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको छ ।’

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु