adv

किरात याक्थुङ चुम्लुङ प्रदेश नं. १ को अध्यक्षमा मधुराज केरुङ

नवनिर्वाचित प्रदेश नं. १ को लिम्बूवान कियाचुका अध्यक्ष मधुराज केरुङ

झापा,७ फागुन  । किरात याक्थुङ चुम्लुङ (कियाचू) लिम्बूवान प्रदेश नं. १ को अध्यक्षमा मधुराज केरुङ चयन भएका छन् ।

पान्थरको फेदेनस्थित चुम्लुङ हिममा सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट केरुङ अध्यक्षमा चयन भएका हुन् ।

त्यस्तै समितिको उपाध्यक्षमा टंकमाया तिगेला, मुख्यसचिवमा नरेन्द्रराज केरुङ्, सचिवमा इक्साहाङ चेम्जोङ, कोषाध्यक्षमा विन्द्रकुमार नाल्बो सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी क्रमशः सदस्यहरुमा कविन्द्र सेर्मा, मनकुमारी पङ्धाक (झापा), इन्दिरा मेयोङबा, बुद्ध इङ्वा (पान्थर), दिलु लिङदेन, तिर्थ सावदेन (इलाम) निर्वाचित भएका छन् ।

प्रदेश नं. १ का उद्योग, श्रम तथा रोजगारी मन्त्री प्रताप प्रकाश हाङगाम ज्यूको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको खुल्ला सत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, जिल्ला समन्वय समिति अध्यक्ष, फेदेन नगर प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अधिवेशन कियाचु प्रदेश समिति अध्यक्ष धुव्र मेन्याङ्बोको अध्यक्षतामा सम्पन्न भएको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु