adv

कलाकार जयनन्द लामाको निधन

काठमाडौं, ११ फागुन ।


लोक गायक तथा कलाकार जयनन्द लामाको बुधबार बिहान निधन भएको छ ।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामा आज बिहान मध्यपुरथिमी नगरपालिका वडा नं. १ लोकन्थलीस्थित घरको गेटमा गाडीबाट लडेको अवस्थामा मृत फेला परेका थिए ।

मंगलबार राति बौद्धबाट घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए । आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले लामाको निधन बारे पुष्टि गरेका छन् ।
पाण्डेका अनुसार घर परिवारले राति २ बजेतिर गाडीको आवाज सुने पनि बिहानमात्र उठेर हेरेका थिए । बिहान लामा मृत अवस्थामा भेटिएका हुन् ।

उनको कलकत्ते काइँयो केश मेरो बाँगो, पानी प¥यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता लोकगीत लोकप्रिय छन् ।

२०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका लामाले १ सय वटा भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।

उनी पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा अभिनय गर्दै आएका थिए । लामाले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका समेत निर्वाह गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु