adv

जसपाको विधान अधिवेशन आगामी असार १ र २ गते

दमक, १८ फागुन ।

जसपा कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन आगामी असार १ र २ गते हुने भएको छ ।

जसपा केन्द्रीय कार्यालयले जारी गरेको प्रेस नोटमा सो बारे फाल्गुन १६ गतको बैठकले २०७९ असार १ र २ गते विधान अधिवेशनको मिति तय गरेको उल्लेख छ ।

प्रेस नोटमा दिइएको जानकारी अनुसार २०७८ साल फाल्गुन २८ गते संघीय परिषद् र फाल्गुन २९ र ३० गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय भएको उल्लेख छ ।

एमसीसीलगायत पार्टीभित्रका विवाद र राजनीतिक विषयमा केन्द्रित रहेर फागुन १३ गतेदेखि बैठक जारी छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु