adv

फोनिज लुम्बिनी प्रदेशमा गुरुङ

रूपन्देही, १८ फागुन ।

 फोनिज लुम्बिनी प्रदेशका नवनिर्वाचित समितिका पदाधिकारी र सदस्यहरु ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) लुम्बिनी प्रदेशको दोस्रो महाधिवेशनले गजेन्द्र गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।

बुधबार सम्पन्न प्रदेश महाधिवेशनको बन्दसत्रले गुरुङको नेतृत्वमा समिति चयन गरेको हो । फोनिज लुम्बिनी प्रदेश उपाध्यक्षद्वयमा प्रकाश थापा र तारा पुन (महिला), महासचिवमा प्रतिज्ञा बुढामगर, सचिवद्वयमा शम्भु चौधरी (संगठन) र प्रज्ज्वल श्रेष्ठ (संस्थागत) र कोषाध्यक्षमा सञ्जय गुरुङ चयन भएका हुन् ।

सदस्यहरुमा क्रमशः मिना राना, शिव घर्ती, समिरमान श्रेष्ठ, रविन्द्र्रमान शेरचन, हुमा सूर्यवंशी, र मिना राना छन् । विधानअनुसार थप सदस्य समितिको पहिलो बैठकबाट मनोनित गरिने निवर्तमान प्रदेश अध्यक्ष मिलन गाहाले जानकारी दिए ।

महाधिवेशनको उदघाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गरेका थिए । प्रद्येश प्रमुख शेरचनले उद्घाटनसत्रलाई सम्बोधन गर्दै आदिबासी जनजाति पत्रकारहरुले आदिबासी अधिकार र सामाजिक सचेतनाका लागि कलम चलाउनुपर्नेमा जोड दिएका थिए । उनले भ्रष्टाचार न्यूनीकरणमा पत्रकारिताको योगदान आवश्यक रहेको चर्चा गरेका थिए ।

फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङले नेपाली मिडियालाई समावेशी चरित्रको बनाउन फोनिजले अधिकतम कोसिस गरिरहेको बताएका थिए । आदिबासी जनजाति पत्रकारहरुको एकताले सामाजिक रूपान्तरणमा भूमिका खेलिरहेको उनको भनाइ थियो ।

प्रदेश अध्यक्ष मिलन गाहाको अध्यक्षतामा भएको कार्यक्रममा फोनिज संघीय वरिष्ठ उपाध्यक्ष गजुरधन राई, उपाध्यक्ष लक्की चौधरी, महासचिव मनोज घर्तीमगर, पत्रकार अमृत गिरी, मानसिंह विक लगायतले शुभकामना दिएका थिए ।

सैनामैना थारु होमस्टेमा आयोजित कार्यक्रममा थारु भेषभुषा झल्काउने नृत्य, थारु परिकारको प्रवद्र्धनमा पत्रकारले भूमिका खेल्नुपर्ने होमस्टे सञ्चालन समितिका अध्यक्ष खुशीराम चौधरीले आग्रह गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु