adv

भोलि ग्याल्पो ल्होसारमा सार्वजनिक विदा

स्थायी रूपमा थपिए ६ वटा पर्व विदा

दमक, १८ फागुन ।

सरकारले भोलि बिहीबार ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार ग्याल्बो ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा बिहीबार ग्याल्बो ल्होसारको उपलक्षमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थाहरूमा बिदा दिने निर्णय गरेको उल्लेख छ ।

यसअघि सोमबार नै थप चाडपर्वहरुमा सार्वजनिक विदा दिने बारे मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

सरकारले अब ग्याल्पो ल्होसारसहित उभौली, उधौली, क्रिसमस, तमु ल्होसार, सोनाम ल्होसारमा पनि स्थायी रूपले सार्वजनिक विदा दिने छ । अब यी चाडपर्वहरूमा सम्बन्धित समुदायलाई मात्र नभई दशैं, तिहारमा जस्तै सबैलाई सार्वजनिक बिदा हुने छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले आफ्नो पहलमा मन्त्रिपरिषद् बैठकले थप ६ वटा विभिन्न चाडहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएका हुन् ।

 

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु