adv

रुसलाई आक्रमण रोकन र सैनिक फिर्ता गर्न राष्ट्रसंघको आग्रह

नेपालले गर्यो युक्रेनको पक्षमा मतदान

दमक, १९ फागुन (एजेन्सीको सहयोगमा)

संयुक्त राष्ट्रसंघको महासभा बैठक ।

संयुक्त राष्ट्रसंघले युक्रेनमाथिको रूसी आक्रमण रोक्न र सैनिक फिर्ता गर्न भनेको छ ।

संयुक्त राष्ट्रसंघको महासभाले बुधबार राति रूससँग यस्तो माग गर्दै आक्रमणको भत्र्सनासहित प्रस्ताव पारित गरेको हो ।

रुसी आक्रमणको विरोधमा राष्ट्र संघका १ सय ४१ मुलुकले मतदान गरेका बताइएको छ । नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको हो । नेपालले सार्वजनिक रूपमै युक्रेनको पक्षमा उभ्याएको यो चौंथो पटक हो । यसअघि रूसले युक्रेनमाथि आक्रमण गरेको पहिलो दिन नै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको थियो ।

बुधबार रातिको मतदानमा चीन र भारतलगायत अन्य ३५ मुलुक अनुपस्थित रहेका समाचार संस्था रोयटर्सले जनाएको छ ।
रूसका पक्षमा भने उत्तर कोरिया, सिरिया, बेलारूस र इरिट्रियाले मत दिएका बताइएको छ ।

महासभाले पारित गरेको प्रस्ताव बाध्यकारी नहुने भए पनि यसले कूटनीतिक रूपमा रूसलाई विश्वमा एक्ल्याएको छ ।
गत बिहीबार रूसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु