adv

१ लाख १८ हजार म्यादी प्रहरी भर्ना गर्ने नेपाल प्रहरीको प्रस्ताव

दमक, १९ फागुन ।


आसन्न स्थानीय तहको चुनावमा खटाउन नेपाल प्रहरीले १ लाख १८ हजार म्यादी प्रहरीको माग गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले केन्द्रीय सुरक्षा समितिमा सो संख्यामा चुनाव गराउन म्यादी प्रहरी भर्नाको प्रस्ताव पठाएको हो । तर, गृहमन्त्री अध्यक्ष रहने सुरक्षा समितिको बैठकले निर्णय गरेपछि मात्रै संख्या बारे यकिन हुनेछ ।

२०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीका लागि १ हप्ते तालिमको पनि व्यवस्था गर्ने प्रहरी प्रधान कार्यालयको भनाइ छ ।

प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीका अनुसार म्यादी प्रहरीमा छनौट भएको दिनबाट गनेर १ हप्ताको तालिम उपलब्ध गराउने कार्यविधि तय गरिएको हो ।

७ दिनको तालिममा म्यादी प्रहरीलाई अनुशासन र भीड नियन्त्रणबारे सिकाइने प्रहरी स्रोतको भनाइ छ ।

प्रहरीमा जस्तै म्यादी प्रहरीलाई पनि आफूभन्दा सिनियरलाई सलाम गर्ने तरिका, लौरो चलाउने र भीड नियन्त्रण गर्ने तरिका सिकाउने गरी कार्यविधि तयार गरिएको स्रोतको भनाइ छ ।

म्यादी प्रहरीमा भर्नाका लागि नेपाल प्रहरीले पूर्व प्रहरी, पूर्व म्यादी प्रहरीलाई प्रथमिकता दिने बताइएको छ ।
२०७४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा ९९ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु