
बिर्तामोड, २१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर १ को नाम कोशी प्रदेश राख्नु पर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल प्रदेश नम्बर १ को प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधान्मन्त्री समेत रहेका ओलीले सो कुरा बताएका हुन् ।
सम्बोधनका क्रममा ओलीले भने -‘
थुप्रै पहिचान जोडिएको प्रदेशलाई साझा रूपमा कोशी सभ्यताले समेट्ने दावी गर्दै उनले पहिचानका नाममा अनावश्यक बखेडा निकाल्न नहुने जिकिर गरे ।
८ हजार मिटर भन्दा अग्ला हिमश्रृङ्खलाले सुसज्जित र त्यहाँबाट बगेर आएको कोशी नदीले सिन्चित क्षेत्र नै प्रदेश १ भएको ओलीको भनाइ थियो।
प्रदेश नामकरणको विषयमा किरात-लिम्बुवान-शेर्पालुङ, कोशी-किरात, किरात-लिम्बुवान आदि चर्चामा आइरहेको बेलामा एमालेका तर्फबाट ओलीको यो धारणा बाहिर आएको हो ।
चुनावी प्रसङ्ग कोट्याउँदै उनले अब एमाले जोसुकैका विरुद्ध एक्लै भिड्न सक्षम रहेको दावी गर्दै भने मिलेर २ सिट लिने कुरा छैन । जो जो आउँछ परास्त गरेर जाने हो ।’
फरक प्रसङ्गमा उनले अब माओवादी नामक पार्टी समाप्त हुने ठोकुवा गरे । ‘प्रचण्डको चिनामा नै सिद्धिने लेखेको छ त के गर्नु ? ‘, उनले भने ।

