adv

झापा गोल्डकप : आज त्रिभुवन आर्मी र दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लब भिड्दै

बिर्तामोड ,२५ फागुन  । झापा गोल्डकपमा ३ पटकको विजेता विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब आज पाँचौँ संस्करणमा पाहुना टोली दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबसँग खेल्दै प्रतियोगिता सुरुवात गर्दै छ। घरेलु फुटबलको पावर हाउसमध्येको आर्मी लयमा रहेको टोली हो ।

झापाको मैदानमा आर्मी सबैभन्दा भाग्यमानी टोलीसमेत हो । उसले यसअघि सहभागिता जनाएका ४ मध्ये ३ प्रतियोगिताको उपाधि जित्दै आफूलाई अब्बल प्रमाणित गरिसकेको छ । झापाली दर्शकहरूमाझ भारतीय टोलीविरुद्ध प्रतिस्पर्धा भएको कारण आर्मीले समर्थन पाउने सम्भावना रहेको देखिन्छ । भरखरै सम्पन्न सहिद स्मारक लिगमा आर्मी दोस्रो स्थानमा रहेकाले उपाधिको दाबेदारको रूपमा समेत हेरिएको छ।

नेपाली सिनियर तथा उमेर समूहको राष्ट्रिय टोलीका सदस्य भरत खवास, सुमन अर्याल, जर्ज प्रिन्स कार्की, विकेथ कुथु, सन्तोष तामाङ, सेसेहाङ आङ्दाम्बे, विवेक बस्नेत, गौतम श्रेष्ठ, जगजित श्रेष्ठ, दिनेश हेन्जन लगायतका खेलाडीहरू आर्मीको टोलीबाट देखिनेछन् । यता मानेभञ्ज्याङ भारतका विभिन्न क्षेत्रमा भएका साना ठुला गोल्ड कप एवम् टोल कपको उपाधि रक्षा गर्दै विभागीय टोलीलाई चुनौती दिन तयार रहेको छ ।

मानेभञ्ज्याङले समेत वेस्ट बङ्गालका विभिन्न क्षेत्रहरूबाट समेटेर खेलाडीहरू डोमालाल राजवंशी रङ्गशालामा पहिलोपटक उत्रदैँछ । यी दुई टोली पहिलोपटक प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । अर्कोतर्फ आर्मीलाई मानेभञ्ज्याङविरुद्ध पराजयको बदला लिने एउटा सुनौलो मौका समेत रहेको छ । मोरङको सुनवर्षी नगरपालिकामा हिजो ‘मंगलबार’ सम्पन्न चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्केजोवन गोल्डकपको उपाधि भिडन्तमा आर्मी १-० गोल अन्तरले पराजित बन्दै उपविजेतामा सीमित भएको थियो । भेट्रान प्रतियोगिताको पराजयको बदला नेपाली फुटबलको महाकुम्भ झापा गोल्डकपमा लिनका लागि आर्मी तयार रहेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु