adv

झापा गोल्डकप: आज पहिलो सेमिफाइनल खेल आर्मी र सातदोबाटो भिड्दै

बिर्तामोड,२७ फागुन । झापा गोल्डकपको पाँचौ संस्करणको फाइनल प्रवेशका लागि काठमाडौँका दुई टोली आज डोमालाल राजवंशी रंगशालामा भिड्दै छन् । सातदोबाटो युवा क्लब र त्रिभुवन आर्मी फुटबल क्लब पहिलो सेमिफाइनल खेलमा आमने सामने हुँदैछन् ।

झापा गोल्डकपको उद्घाटनमा चिरपरिचित जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा स्तब्ध पार्दै सातदोबाटोले क्वाटरफाइनल यात्रा तय गरेको थियो । निर्धारित समयमा २(२ गोलको बराबरी खेलेपछि टाइब्रेकरमा ४(२ गोलअन्तरमा जावलाखेलमाथि सातदोबाटोले बाजी मार्यो ।

यस्तै, क्वाटरफाइनल खेलमा विभागीय टोली एपीएफ फुटबल क्लबलाई २(१ गोलअन्तरले पराजित गर्दै ललितपुरे टोली सातदोबाटोले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । त्रिभुवन आर्मीले भने सोझै क्वाटरफाइनल खेलेर सेमिफाइनलमा प्रवेश पाएको टोली हो । उसले पाहुना टोली भारतको एमएफसीमाथि सानदार जित निकालेर सेमिफाइनलमा स्थान बनाएको हो ।

एमएफसीविरुद्ध आर्मीले ३(० गोलको फराकिलो नतिजा निकालेर सातदोबाटोसँग सेमिफाइनलमा भेट पक्का गरेको थियो । आजको खेलको विजेता फाइनल पुग्ने पहिलो टोली बन्नेछ । आर्मी झापा गोल्डकपको तीन संस्करणको विजेता टोली हो ।

झापाको खेलमैदान उसका लागि घरेलु मैदानजस्तै सावित भइसकेको छ । चौँथो पटक फाइनल यात्रा तय गरेर उपाधि रक्षा गर्ने लक्ष्यमा छ, आर्मी । फाइनल पुग्ने टोलीले कम्तिमा ६ लाख ५ हजार सुरक्षित गर्नेछ भने फाइनल विजेताले नगद १२ लाख ५५ हजार पाउने छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु