adv

प्रथम अध्यक्षकप: आज चारतारे मोरङ र रेडहर्ष इलाम भिड्दै

कमल, २७ फागुन । प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा आज शुक्रबार चारतारे फुटबल क्लब मोरङ र रेडहर्ष फुटबल क्लब इलाम भिड्दै छन् ।

विजेता टोलिले टेम्के फुटबल क्लब सुनसरीसँग सेमिफाइनल खेल खेल्नेछ । टेम्केले आयोजक समेत रहेको कमल गाउँपालिका खेलकुद विकास समितिलाई १–० को नतिजा निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा धनकुटा फुटबल क्लब धनकुटा, टेम्के फुटबल क्लब धरान, बेलबारी फुटबल क्लब मोरङ, चारतारे फुटबल क्लब लेटाङ, धुलाबारी फुटबल एकेडेमी झापा, रेडहर्ष फुटबल क्लब इलाम, एपिएफ पकली सुनसरी, र आयोजक टिम कमल गाउँपालिका खेलकुद विकास समिति झापा रहेको छ ।

प्रतियोगिताको विजेताले नगर २ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेता टिमले नगर १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ । खेलको म्यान अफ दि म्याच, विधागत उत्कृष्ट खेलाडी साथै प्रतियोगिताको अर्वोत्कृष्ट खेलाडीहरु पुरस्कृत हुनेछन् ।
प्रतियोगिता कमल गाउँपालिका ३ स्थित केरखा खेलमैदानमा भइरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु