adv

पत्रकारिता तालिम सम्पन्न

माङसेबुङ, २७ फागुन ।

मार्चेबुङस्थित माङसेबुङ वडा नम्बर ४ को कार्यालयमा सम्पन्न पत्रकारिता तालिमका सहभागी कार्यक्रम समापनपछि सामूहिक तस्वीर खिचाउँदै ।

इलामको माङसेबुङ ४ स्थित मार्चेबुङमा आयोजित तीन दिने आधारभूत पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ ।

आठ जना महिलासहित १८ जनाको सहभागिता रहेको तीन दिने तालिमको शुक्रबार समापन गरिएको हो ।

वडालाई प्रभावकारी सञ्चार सञ्जालमा जोड्ने र स्थानीय युवाहरुलाई पत्रकारिता सीप र दक्षता अभिवृद्धिमा सहयोग गर्ने उद्देश्यले तालिममा सहयोग गरिएको माङसेबुङ वडा नम्बर ४ का वडा अध्यक्ष अमृतबहादुर राईले जानकारी दिए । तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न वडा अध्यक्ष राईले सहभागीलाई सुझाव समेत दिएका थिए ।

तीन दिने तालिमलाई सहजीकरण गरेका सहजकर्ता एवम् हरप्रहर डटकमका सम्पादक कमन देवानले पत्रकारिता पेशामा जोडिएपछि पत्रकारका लागि हरेक दिन नयाँ तालिम झैं महत्त्वपूर्ण हुने बताए ।

तालिमका सहभागी मध्ये धनकुमारी राई र गोबिन्द लिम्बूले तालिमको सिकाइ बारे बोलेका थिए ।

कार्यक्रममा तालिममा सहभागीलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो भने प्रशिक्षक देवान र माङसेबुङ वडा नम्बर ४ वडा कार्यालयलाई सहयोगको निम्ति धन्यवाद–पत्र प्रदान गरिएको थियो ।

वडाध्यक्ष राईको प्रमुख आतिथ्यतामा सम्पन्न तालिम समापन कार्यक्रम आयोजक संस्था बुलन्द मल्टी टेक्निकल मिडिया प्रा.लि.का अध्यक्ष एवम् नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन अतित योङहाङले गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु