adv

झापा गोल्डकप : आजको दोश्रो सेमिफाइनल खेल झापा ११ र संकटा क्लब भिड्दै

बिर्तामोड,२८ फागुन। पाँचौ संस्करणमा झापा गोल्डकपको फाइनल प्रवेशका लागि घरेलु टोली झापा ११ फुटबल क्लब र काठमाण्डौँको संकटा क्लब आज प्रतिस्पर्धा गर्दैछन् ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा खेल ३ बजे सुरु हुनेछ । जारी गोल्डकपको अन्तिम सेमिफाइनलमा झापा र संकटा आमने सामने हुन लागेका हुन् । पाहुना टोली भारतको रेडपाण्डा एफसी सिक्किमसँग झापाले सोझै अन्तिम क्वाटरफाइनल खेलेर सेमिफाइनल प्रवेश गरेको हो ।

झापाले ५(१ गोलअन्तरमा सिक्किमलाई पराजित गरेको थियो । संकटाले नेपाल पुलिस क्लब र थ्री स्टार क्लबजस्ता बलियो टोलीलाई पराजित गरेर झापासँग सेमिफाइनलमा भेट पक्का गरेको हो । संकटाले पुलिसलाई १(० र थ्री स्टारलाई २(० गोलले पराजित गरेको थियो । घरेलु समथकको साथ पाएको झापा ११ र संकटाबीचको खेल रोमाञ्चक हुने आयोजकले अपेक्षा लिएको छ ।

झापाका तर्फबाट विमल घर्तीमगर, विशाल राई र देवेन्द्र तामाङ, दीप कार्कीजस्ता भरपर्दा र राष्ट्रिय टोलीका सदस्य समावेश छन् । तीन संस्करणको उपाधि चुमिसकेको त्रिभुवन आर्मी एफसी सातदोबाटोलाई पराजित गर्दै चौँथोपटक फाइनलमा प्रवेश गरिसकेको छ । झापा फाइनल प्रवेश गर्दै उपाधि रक्षा गर्ने दाउमा छ भने संकटा पहिलोपल्ट फाइनल यात्रामा हुनेछ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु