adv

प्रकाश सपुतको गीत पीरलाई युट्युवबाट तुरुन्त हटाई माफि माग्न ४ संगठनको माग

काठमाडौं । प्रकाश सपुतको गीत ‘पीर’प्रति माओवादी केन्द्रसम्वद्ध चार संगठनले आपत्ति जनाएका छन् । समपुतको गीत पीरलाई तत्काल युट्यूब च्यानलबाट हटाउन माग गरेका छ्न ।

जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघ, अखिल नेपाल महिला संघ, जनसांस्कृतिक महासंघ र प्रेस सेन्टरले आइतबार संयुक्त वक्तव्य जारी गर्दै सो माग राखेका हुन् ।

पीर गीतको भिडियोमा जनमुक्ति सेना र घाइते योद्धाहरुलाई अहिले आफ्नो जीवन धान्नको लागि देह व्यापार र परस्त्रीगमनमा लागेको भ्रमपूर्ण दृश्यहरु देखाइएको बताएका छन् ।

भिडियोको अन्तमा शून्यताको प्रतिविम्ब प्रदर्शन गर्दै देश छोड्नु पर्नेसम्मको निकृष्ट, कपोकल्पित, झूट, राजनैतिक पूर्वाग्रह साँधिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘महिलाहरुको चरित्र हत्या गरी अश्लील र घोर अपमानजनक ढंगले प्रस्तुत गरिएको छ । यस गलत क्रियाकलापको जति निन्दा गर्दा पनि कम हुन्छ ।’

संवेदनशील विषयलाई दुरुपयोग गर्दै अप्रासांगिक दृश्य र संवाद राखेर चर्चामा आउने बदनियत राखेको उनीहरुको आरोप छ । यो भिडियो तत्काल युट्यूब च्यानलबाट हटाउन र सार्वजनिक रुपमा अपराध स्वीकार गरी माफी माग्न माग गरेका छन् ।

सपुतको यो गीत यो समाचार तयार पार्दासम्म युट्युवको ट्रेन्डिङ १ मा रहेको छ । यो भिडियो युट्युबमा ३० लाख पटक हेरिसकिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु