adv

डेभिड र मेघराजले सुरु गरे एकल म्याराथुन दौड

काठमाडौं, ३० फागुन ।

दौड सुरु गर्नुअघि दशरथ रंगशालामा सामूहिक तस्वीर खिच्दै धावकद्वय डेभिड र मेघराज । साथमा बैकुण्ठ मानन्धर र मिरा राईलगायत ।

धावकद्वय डेभिड लिम्बू र मेघराज राईले सोमबार बिहान राजधानीस्थित दशरथ रंगशालाबाट धनकुटा र दमकका लागि दौड सुरु गरेका छन् ।

धावकद्वय लिम्बू र राईले सोमबार बिहान ८ बजे दशरथ रंगशालाबाट एकल म्याराथुन दौड सुरु गरेका संघीय समाजवादी खेलकुद महासंघका अध्यक्ष नेत्रबहादुर नेम्बाङले जानकारी दिए ।

लिम्बूले काठमाडौंदेखि धनकुटासम्म र राईले दमकको दौड पूरा गर्ने लक्ष्यसहित दौड सुरु गरेका हुन् । उनीहरुलाई दौडका क्रममा महासंघले आवश्यक व्यवस्थापन गर्ने बताइएको छ ।

सोमबार बिहान नेपालका लिजेन्ड धावक बैकुन्ठ मानन्धर र अल्ट्रा म्याराथुन धाविका मिरा राईले रिबन काटेर दौड प्रारम्भ गरेका हुन् ।

धावकद्वयलाई जनता समाजपवादी पार्टी प्रदेश नम्बर १ का प्रदेश सभा सदस्य आरसी तुम्बासहित नेताहरुले शुभकामनासहित बिदाइ गरेका थिए । चैत्र ५ गते शनिबार उनीहरुले दौड गन्तव्य पूरा गर्ने बताइएको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु