adv

स्थानीय तह निर्वाचनको लागि २ करोड मतपत्र !

दमक, १० चैत्र ।

निर्वाचन आयोजनको कार्यालय ।

आगामी बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि २ करोड मतपत्र छापिने भएको छ ।

बिहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगले यस्तो जानकारी दिएको हो ।

आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालका अनुसार करिब १ करोड ७७ लाख मतदाता रहेकामा नियमतः मतदाता संख्या भन्दा १० देखि १५ प्रतिशत बढी मतपत्र प्रकाशन गरिन्छ ।

मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल प्रक्रिया अघि बढाइएको भए तापनि जनक शिक्षालाई नै छपाईको जिम्मेवारी दिने निर्णय भने भइ नसकेको बताइन्छ ।

आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका राष्ट्रिय दलको मान्यता नपाएका ७३ वटा दलको सम्बन्धमा चैत ६ गतेसम्म बिवरण माग गरे बमोजिम प्राप्त भइ रुजु गर्ने कार्य सम्पन्न भएको सहप्रवक्ता अर्यालले जानकारी दिए ।

मतदाता शिक्षाका लागि निर्वाचन सामग्री उत्पादनका गर्न विभिन्न फर्महरुको आवेदन लिएको आयोगले निर्वाचन आचार संहिता कार्यान्वयन गर्ने बारे देशका विभिन्न १५ स्थानमा आचार संहिता सचेतना कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु