adv

दमक फुड फेस्टिबल चैत्र २३ देखि हुने

दमक झापाको दमकमा आठौँ दमक फुड फेस्टिवल आयोजना हुने भएको

आज आइतबार दमकको दमक फर्न पार्कमा गरिएको पत्रकार सम्मेलनमा आठौँ दमक फुड फेस्टिवल चैत २३ गते देखि २९ गतेसम्म दमक पशुहाटमा हुने उक्त फेस्टिवलका कार्यक्रम संयोजक भूपेन्द्र प्रसाद न्योपाने बताएका छन्

उक्त फुट फेस्टिवलमा दमक क्षेत्रको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासका लागि आन्तरिक, धार्मिक, पर्यटकीय तथास्थानीय जातजातिय परिकारको प्रचारप्रसार गरी दमक क्षेत्रलाई आन्तरिक पर्यटन भित्र्याउने लक्ष्यले होटल व्यवसायी संघ दमकलेआयोजना गर्ने लागेको होटल व्यवसायी संघ दमकका अध्यक्ष योगराज दंगालले जानकारी दिनुभयो

उक्त फेस्टिेवलको मूख्य आर्कषणहरु दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा खरिद बिक्री, चिया प्रदर्शनी, ख्यातिप्राप्तकलाकारहरुद्धारा दैनिक साङ्गीतिक कार्यक्रम, स्थानिय भेषभूषा झल्कने विभिन्न साँस्कृतिक कार्यक्रम, होटल तथा रेष्टुरेन्टहरु, विभिन्नजातजातिको खानाको परिकारको स्टलहरु, बेकरी तथा आइसक्रिमहरु, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु समेत रहेनबताइएको

त्यस्तै फेस्टिवलमा लगभग ५० लाखको कारोवार हुने अनुमान गरिएको भने लाख भन्दा बढी दर्शकले अवलोकन गर्नै ५० भन्दा बढीस्टलहरु राखिने होटल व्यवसायी संघ दमकका अध्यक्ष दंगालले जानकारी दिनुभयो

दमकमा २०७१ सालदेखी दमक फूड फेस्टिबल हुँदै आएको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु