माङ्सेबुङ । नेपाल कम्युनिस्ट पार्टि माओवादि केन्द्र माङसेबुङ गाउँपालिका वडा नम्बर दुई कमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । सपथ ग्रहणसँगै वाइसीएल माङसेबुङ समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम समेत सम्पन्न भएको छ ।

शनिवार माङ्सेबुङ दुई स्थित इभाङ माविको सभाहलमा आयोजित कार्यक्रम माओवादि केन्द्र माङ्सेबुङ दुईका वडा अध्यक्ष उमाकान्त कार्किको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि पार्टिको प्रदेश एक उपाध्यक्ष मणि साङ्पाङ, बिशिष्ट अतिथि प्रदेश एक सदस्य जनम खम्बु, अतिथिहरुमा माङ्सेबुङ अध्यक्ष प्रिथिमान चवेगु, उपाध्यक्ष समिक्षा खड्का, कोषाध्यक्ष उमिरन राई, वाइसीएल केन्द्रिय सदस्य तथा वाइसीएल इलाम जिल्ला ईन्चार्ज बिक्रम लिम्बु, वाइसीएल प्रदेश सदस्य तथा इलाम जिल्ला संयोजक कमल दुलाल, माओवादि केन्द्र निर्वाचन संयोजक दुर्गा मैनालि, माओवादि केन्द्र एक नम्बर वडा अध्यक्ष भुपाल लिम्बु, माओवादि केन्द्र तीन नम्बर वडा अध्यक्ष सजन राई, थ्ऋी माङ्सेबुङ अध्यक्ष गोपाल राई लगायतको उपस्थिति रहेका थियो ।
कार्यक्रममा वडा २ कमिटिको सफत ग्रहण लगायत जनआन्दोलनमा सहिद भएका परिवारलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको अवसरमा जनयुद्धमा शहिद भएका माङसेबुङ एक का शहिद केशर बहादुर थापा, माङ्सेबङ दुई का शहिद डिल्लि प्रकाश न्यौपाने र दिल बहादुर तामाङको परिवारलाई सम्मान गरिएको थियो ।
स्थानीय तहको निर्वाचन नजिकिए सँगै पार्टिले निर्वाचनमा कसरि जाने भन्ने विषयमा प्रशिक्षण गराएको केन्द्रका प्रदेश सदस्य तथा माङ्सेबुङ इञ्चार्ज जनम खम्बुले बताए ।
कार्यक्रमको सञ्चालन माओवादि केन्द्र वडा नंः दुईका सह–सचिव हरि राईले गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष सुनिता राईले गरेकी थिइन् ।

