
दमक, २० चैत्र ।झापाका अग्रज पत्रकार मोहनकाजी न्यौपानेले सकृय पत्रकारिता छोडेर नेकपा एमालेको राजनीति गर्ने घोषणा गरेका छन\ ।
आइतबर अपरान्ह सामाजिक सन्जाल फेसबुकको वालमा लामो स्टाटस लेख्दै न्यौपानेले ३० वर्ष लामो पत्रकारिता गर्दा राजनीतिलाई भन्दा व्यवसायिक पत्रकारितालाई जोड दिएको भनेका छन\ ।
उनी मेचीनगरबाट प्रकाशित हुँदै आएको लोकतन्त्र पोस्ट दैनिक पत्रिका का सम्पादकका रूपमा कार्यारत छन\ ।
अब उप्रान्त राजनीतिमार्फत देश, समाज र आम नागरिकको सेवा गर्ने प्रण गरेको भन्दै उनले लेखेका छन\ -‘म सर्वथा निःस्वार्थ, सदाचारी र इमानका साथ राजनीतिक गतिविधिमा क्रियाशील रहने बाचा गर्दछु ।’
आफूलाई लोकतन्त्र पृय लाग्ने भन्दै उनले मन परेकै कारण एमाले पार्टी रोजेको जिकिर गरेका छन\ ।
उनले भनेका छन\ -‘सबै पार्टीहरु असल हुन् भने तीमध्ये सबैभन्दा असल एमाले नै हो । सबै पार्टीहरु खराब भए कसैले भन्छ भने तीमध्ये सबैभन्दा कम खराब एमाले नै हो ।’
न्यौपाने नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य र झापा शाखा अध्यक्ष भैसकेका व्यक्ति हुन\ । उनी एमाले निकट प्रेस चौतारी नेपालसँग पनि सम्बद्ध रहँदै आएका थिए ।

