adv

मेचीनगरमा ‘लैङ्गिक समानता सम्बन्धी’ प्रशिक्षण शुरु

मेचीनगर,२० चैत। झापाको मेचीनगरमा आइतबारदेखि दिगो विकास लक्ष्यलैङ्गिक समानता सम्बन्धीतीन दिवसीय प्रशिक्षण शुरु भएको महिला जनचेतना केन्द्र मेचीनगरले स्थानीय होटल कञ्चनमा आयोजना गरेको प्रशिक्षणमा मेचीनगरका १५ वटै वडाका महिलाजनप्रतिनिधि नगरभित्रका किशोरीसहित विभिन्न संघ संस्थाका महिलाहरुको सहभागिता रहेको

मेचीनगर नगरपालिका नगरप्रमुख विमल आचार्यले विधिवत उद्घाटन गरेको प्रशिक्षणमा महिला अधिकारकर्मी रीता साहले विभिन्नविषयमा प्रशिक्षण दिनेछन् आइतबार सहजकर्ता साहाले अहिले नेपाली तथा हिन्दी गीत संगीतमा समेत लैङ्गिक हिंसा हुने गरेको भन्दैंयस्ता गीत संगीतमा सरकारले बन्देज गर्नुपर्नेमा जोड दिए

घरदेखि राज्य सञ्चालनसम्म पुरुषको वर्चस्व रहेको यो पितृसतात्मक राज्यमा पुरुषलाई अप्पल सर्वाेपरी ठान्ने अनि महिलालाईदोस्रो दर्जाका रुपमा हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न जोड दिदैं सहककर्ता साहाले यसको परिवर्तनका लागि आफैबाट शुरु गर्नेआवश्यकता रहेको बताए हरेक कुराको परिवर्तन आफू, आफ्नो घर, आफ्नो समाजबाट मात्र सम्भव रहेको उनको तर्क

यसकारण परिवर्तनको शुरु आफैबाट गर्न पनि प्रशिक्षणमा सहभागीलाई जानकारी गराए लैङ्गिकताका आधारमा हरेक समाजलेमहिला पुरुषका लागि गरिने पृथक व्यवहारलाई लैङ्गिक विभेद भन्ने गरिएको भन्दैं उनले हाम्रो समाजमा आमाको गर्भावस्थादेखिबच्चा जन्मिएपछि मृत्यु नहँुदासम्म जीवनमा हरेक तहसम्म लैङ्गिक भेदभाव गर्ने चलन कायम रहेको स्पष्ट पारे एउटै समाजभित्र कुनैलैङ्गिक समुहले अर्काे लैङ्गिक समुहका व्यक्तिहरुलाई नियन्त्रण वा अधिनमा राख्ने कार्य, प्रक्रिया तथ पद्घतिलाई लैङ्गिकअधिनता भन्ने गरिएको उनले वताए।

कार्यक्रममा समाजका हरेक व्यक्तिले आफ्नो सामाजिक नियम तथा मुल्य मान्यता अनुसार के कस्तो लैङ्गिक व्यवहार गर्दछन आफ्नाअभिभावक तथा समाजबाट के कस्ता संस्कार तथा आचारण सिकछन त्यसैलाई लैङ्गिक सामाजिककिरण भन्ने गरिएको साहालेसहभागीलाई बताए

सामाजिक संरचना, मुल्य, मान्यता तथा सामाजिक चलन अनुसार लैङ्गिक सामाजिकीकरणको स्तर पनि फरक फरक हुने उनको भनाई यसै अनुसार नै त्यस समाजमा गरिने लैङ्गिक व्यवहार आचरण पनि निर्धारण हुन्छ पितृसत्ता एक अवधारणा वा विचारधारा हुनु, जसमा परिवार, समाज , राज्यलगायत संरचनामापुरुषको सर्वाेच्चता कायम हुने उनको भनाई

पितृसत्ता पुरुषको वंश परम्परामा आधारित हुने महिला पुरुषको इशारा, आज्ञा , आदर्श निर्देशनमा चल्ने उहाँको भनाई लैङ्गिकशक्ति समुहका बारेमा सहभागीहरुलाई प्रशिक्षण प्रदान गर्दै समाजमा जुन लैङ्गिक समूहका व्यक्तिहरुमा स्रोत साधनमाथिपहँुच,नियन्त्रण स्वामितवरहेको हुन्छ उक्त लैङ्गिक समूह नै सवल, सक्षम, सशक्त, शक्तिशाली बन्ने उनको तर्क त्यसैकोआधारमा उस्ले आफ्नो मान, सम्मान, प्रतिष्ठा प्राप्त गर्दछ प्रकृतिले बनाएको जैविक भिन्नता बाहेक समाजले महिला पुरुषकोबीचमाअरु भिन्नता पनि हुने उनको भनाई

आयोजक संस्थाका अध्यक्ष भुवन सुब्बा खरेलको सभापत्विमा भएको उद्घाटन समारोहमा संस्थापक अध्यक्ष राधा प्रधान कार्कीलेकार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए

संस्थाक सीता गुरुङ्गले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई उपाध्यक्ष भूमिका अधिकारीले स्वागत गरेकी थिइन्

मंगलबारसम्म चल्ने प्रशिक्षणमा मेचीनगरका १५ वटा वडाबाट एक/एकजना महिला जनप्रतिनिधि, किशोरी तथा विभिन्न संघ संस्थाकागरी करिव ४० जनाको सहभागिता रहेको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु