adv

फेरी बढ्यो इन्धनको मुल्य,खाना पकाउने ग्याँसको पनि मूल्य बढ्यो

झापा,२२ चैत । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य १६० रुपैयाँ प्रति लिटर पुगेको छ भने डिजल र मट्टितेलको मूल्य १४३ रुपैयाँ प्रति लिटर पुगेको छ ।

इन्धनसँगै निगमले खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । बढेको मूल्य अनुसार खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु