adv

ज्योतिको त्याग सार्वजनिक

काठमाडौं, २३ चैत्र ।

ज्योति खतिवडाको सन्देश मुलक गीत त्याग सार्वजनिक भएको छ ।

गत शनिबार राष्ट्रिय नाचघर जमलमा, चित्रपुर अभिभावक स्वावलम्बन समूहले आयोजना गरेको मस्तिष्क पक्षघात तथा अन्य अपाङ्गता भएका बालबालिकाको दिवा कक्षा सञ्चालनका लागि सहयोगार्थ च्यारीटी–शो मा उक्त गीत लोकार्पण गरी सार्वजनिक गरिएको हो ।

अपाङ्गता भएका बालबालिकाको संरक्षकको कष्टकर जीवन भोगाई र संघर्ष देखाईएको सो गीतले संरक्षकहरुलाई उत्प्रेरणा दिने सर्जक खतिवडाको भनाइ छ ।

गीतमा ज्योतिको आफ्नै शब्द र आवाज रहेको छ भने विनय कार्कीको संगीत रहेको छ । गीतको छायांकन विनोद श्रेष्ठले गरेका हुन् भने सुनिल श्रेष्ठले भिडियो सम्पादन गरेका छन् ।

आफ्नै छोरा अर्वाचिन अधिकारीका साथ प्रस्तुत भएकी खतिवडाले यस भिडियोको निर्देशन पनि आफैँ गरेकी हुन् । आफै एक संरक्षक भएको हुँदा आफना जीवनकथालाई भिडियोमा उतार्न सजिलो भएको पनि उनले बताईन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु