adv

प्रेस चौतारी माईपश्चिममा पराजुली

दमक, २३ चैत्र ।

प्रेस चौतारी नेपाल माईपश्चिम कमिटीका नवनिर्वाचित पदाधिकारी र सदस्यहरु ।

प्रेस चौतारी नेपाल माइपश्चिम क्षेत्रीय कमिटीको अध्यक्षमा भूमिराज पराजुली चयन भएका छन् ।

चौतारी माई पश्चिम झापाको बुधबार सम्पन्न चौंथो अधिवेशनले पराजुलीको नेतृत्वमा ९ सदस्यीय कमिटी चयन गरेको हो ।

निर्वाचित उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः लक्ष्मी अधिकारी, कोशिष शिवाकोटी, सृष्टि गुरागाई र दिपेश पोखरेल छन् ।
त्यस्तै सदस्यहरुमा क्रमशः मातृका पौडेल, जयकुमार राई, कमल कटुवाल, मन राई छन् ।

पत्रकार मञ्च दमकको सभाहलमा सम्पन्न कायक्रमममा चौतारीका केन्द्रीय सदस्य टिकाराम उप्रेती, झापा जिल्ला अध्यक्ष मनकुमार गदाल, अग्रज पत्रकार गञ्जबहादुर दाहाललगायतको आतिथ्यता रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु