adv

प्रदेश १ सरकारको आर्थिक कार्यविधि विधेयक प्रमाणित

दमक, २३ चैत्र ।

विधेयक प्रमाणीकरणको लागि हस्ताक्षर गर्दै प्रदेश नम्बर १ का प्रदेश प्रमुख पर्शुराम खापुङ ।

प्रदेश नम्बर १ को प्रदेश आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ बुधबार प्रमाणित भएको छ ।

प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङले सो विधेयक बुधबार प्रमाणित गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरेर सो विधेयक प्रमाणित भएको जनाएको छ ।

यसअघि प्रदेश नम्बर १ को प्रदेश सभा नियमावली, २०७४ को नियम १०८ बमोजिम चैत्र ११ गते बसेको प्रदेश सभाको नवौं तथा हिउँदे अधिवेशनको ११ औं बैठकले उक्त विधेयक पारित गरेको थियो ।

प्रदेश सभाले पारित गरेको विधेयक संविधानतः प्रमाणिकरणको लागि प्रदेश प्रमुखसमक्ष पठाउनु पर्ने कानुनी व्यवस्था छ ।

संविधानको धारा २०१ को उपधारा (१) बमोजिम सभामुखबाट प्रमाणित गरी प्रमाणीकरणको लागि प्रदेश प्रमुखसमक्ष प्राप्त हुन विधेयकलाई संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखबाट प्रमाणीकरण गर्नुपर्ने प्रावधान छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु