काठमाडौं, २४ चैत्र ।

जनता समाजवादीे पार्टी नेपाल (जसपा)ले दुई जनाको नाम राजदूतमा नियुक्तिको लागि सिफारिस गरेको छ ।
बिहीबार पार्टी कार्यालय बालकुमारीमा बसेको जसपा मुख्यालयको बैठकले डा. राम सोगरथ रायलाई डेनमार्क र नवराज सुवेदीलाई साउदी अरबको राजदूतका लागि सरकारसमक्ष नाम सिफारिस गरेको हो ।
पार्टी उच्च स्रोतले दिएको जानकारी अनुसार राजदूत नियुक्तीको लागि सिफारिस गरिएको पत्र बिहीबार नै परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई बुझाइएको छ ।
पार्टी मुख्यालय समितिमा पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक कुमार राई गरी तीन जना रहने व्यवस्था छ ।
स्थानीय तहको निर्वाचन मिति घोषणा भइ निर्वाचन आचार संहिता लाग्न केही घण्टा बाँकी रहँदा सत्ता गठबन्धन दलहरुले राजनीतिक नियुक्तिलाई व्यापकता दिएका छन् ।

