adv

२० देशको लागि राजदूत सिफारिस, को–को बन्दैछन् राजदूत ?

दमक, २४ चैत्र ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको एक दृश्य । फोटो : सामाजिक सञ्जालबाट साभार ।

सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ ।

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको हो ।

बालुवाटार स्रोतका अनुसार स्थानीय तह निर्वाचनका कारण निर्वाचन आचार संहिता लागू हुनु केही घण्टा समय बाँकी रहँदा मन्त्रिपरिषद्ले विभिन्न २० वटा मुलुकमा राजदूत सिफारिस गरेको हो ।

राजदूत सिफारिस भएकाहरुको संसदीय सुनुवाईपछि उनीहरुलाई जिम्मेवारीमा खटाइने संवैधानिक व्यवस्था छ ।

राजनीतिज्ञहरुबाट :

१. विष्णुपुकार श्रेष्ठ, चीन

२. दानबहादुर तामाङ, दक्षिण अफ्रिकाका

३. शर्मिला पराजुली ढकाल, स्पेन

४. बासुदेव मिश्र, श्रीलंका

५. मिलन तुलाधर, रसिया

६. कैलाश पोखरेल, अष्ट्रेलिया

७. डिल्लीराज पौडेल, मलेसिया

८. शान्ता रिजाल, इजरायल

९. ज्योति प्याकुरेल, दक्षिण कोरिया

१०. प्रा.डा. रामसोगरथ राय यादव, डेनमार्क

११. नवराज सुवेदी, साउदी अरेबिया

१२. नरेशविक्रम ढकाल

परराष्ट्र सेवातर्फबाट :

१३. घनश्याम बन्जाडे– बंगलादेश

१४. सुशीलकुमार लम्साल – इजिप्ट

१५. निर्मलराज काफ्ले– ब्राजिल

१६. दुर्गाबहादुर सुवेदी –जापान

१७. भरतकुमार रेग्मी

१८. हरिशचन्द्र घिमिरे

१९. तीर्थराज वाग्ले

२०. डोरनाथ अर्याल

 

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु