adv

आजबाट सुरु भयो एसईई परीक्षा

असार मसान्तभित्र नतिजा आउने

दमक, ९ वैशाख ।


माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ ।

आज वैशाख ९ गते शुक्रबार बिहान ८ बजेबाट देशैभर एकै समयमा एसईई परीक्षा सुरू भएको हो । पुराना वर्षहरुमा झैं पहिलो दिनको परीक्षा अंग्रेजी विषयको भइरहेको छ ।

यस भन्दा अघि लगातार २ वर्ष कोरोना महामारीका कारण एसईई परीक्षा भौतिक रूपमा सञ्चालन हुन सकेन । कोरोना कहर हटेपछि यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रूपमै परीक्षा सन्चालन गरेको हो । अघिल्ला दुई वर्ष भने वोर्डले विद्यालयबाट भएको आन्तरिक मूल्यांकनलाई नै मान्यता दिएर परीक्षाको नतिजा सार्वजनिक गरेको थियो ।

आजबाट सुरु एसईई परीक्षामा सामेल हुन देशैभरका ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थीले आवेदन दिएका थिए । जसमा नियमिततर्फ १ लाख ५७ हजार ९ सय १४ छात्र र २ लाख ५७ हजार ५३ जना छात्रा रहेका एसईई परीक्षा नियन्त्रक अर्जुन रायमाझीको भनाइ छ ।

परीक्षा वोर्डका अनुसार यस वर्षको परीक्षाका लागि देशभर २७ सय परीक्षा केन्द्र निर्धारण गरिएको छ भने परीक्षामा ११ हजार ६ सय १५ विद्यालयबाट परीक्षार्थी सहभागी छन् ।

एसईई परीक्षाको नतिजा असार मसान्त अघि नै निकाल्ने लक्ष्यका साथ परीक्ष वोर्डले काम गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माको भनाइ छ । शर्माका अनुसार प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्ताङ्क पठाएपछि वोर्डले त्यसलाई रुजु गर्ने छ र नतिजा सार्वजनिक गर्ने छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु