adv

आज विश्व पृथ्वी दिवस

दमक, ९ वैशाख ।


आज विश्व पृथ्वी दिवस । हरेक वर्ष २२ अप्रिलका दिन विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने चलन छ ।

पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न २२ अप्रिललाई जनचेतनामूलक कार्यक्रम गरी विश्व पृथ्वी दिवसका रूपमा मनाउने तय गरिएको हो ।

नेपालसहित हरेक वर्ष विश्वका १९२ बढी राष्ट्रहरुमा यो दिवस मनाउने चलन छ ।

सन् १९६९ अमेरिकाको सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलाद्र्धको वसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए ।

सन् २००९ मा राष्ट्रसंघको ६३औं महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिका एक्लैले पहिलो पटक यो दिवस मनाएको थियो । अमेरिकी सिनेटर जेराल्ड नेल्सनको अगुवाईमा पर्यावरण शिक्षा कार्यक्रमका रुपमा यो दिवस मनाइएको थियो ।

त्यस दिन देखि आजसम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसार भरि नै बिश्व पृथ्वी दिवस मनाउने गरिन्छ ।

सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मलेनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्याएको थियो ।

विश्वभर औद्योगिक विस्तार र वन विनासका कारण जलवायु परिवर्तन भई तापक्रम बढ्ने क्रम जारी छ । त्यस्तै वन क्षेत्र खुम्चिँदै जाँदा लोपोन्मुख अवस्थामा पुगेका वन्यजन्तु र चराको संरक्षणमा समेत समस्या उत्पन्न भएको विज्ञहरुको भनाइ छ ।

नेपालमा समेत जलवायु परिवर्तनको असरले तापक्रम बढेपछि हिउँ पग्लिने र बेमौसमी वर्षा, हिउँपहिलो, पहिरो, बाढी जस्ता समस्या देखापर्दै गएका छन् ।

पृथ्वी दिवसका दिन खासगरी पर्यावरणको सुधारसँग सम्बन्धित चेतनामूलक कार्यक्रम गरी मनाउने चलन छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु